०१ असार २०८३, सोमबार
पूर्वगृहमन्त्रीको गिरफ्तारी

लेखकलाई २ नम्बर गणमा राखिने

चैत १४, २०८२
काठमाडौं
लेखकलाई २ नम्बर गणमा राखिने
फाइल तस्वीर

गिरफ्तारीमा परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । 

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार लेखकलाई दुई नम्बर गणमा राखिने भएको हो । 

पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइए पनि एमाले अध्यक्ष ओली र लेखकलाई फरक-फरक ठाउँमा राख्न लागिएको हो । 

एउटै कार्यालयमा राख्दा मुडभेडको अवस्था आउन सक्ने देखिएपछि फरकफरक ठाउँमा राखेर अनुसन्धान गर्न लागेको स्रोतले बतायो ।

उनीहरू दुवैलाई आज बिहान पक्राउ गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्