१४ असार २०८३, आइतबार

पूर्वगृहमन्त्री लेखकलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राखियो

चैत १४, २०८२
काठमाडौं
पूर्वगृहमन्त्री लेखकलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राखियो
फाइल फोटो

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नम्बर गण महाराजगञ्जमा राखेको छ ।

उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

उनलाई २ नम्बर गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका ५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्