२३ जेठ २०८३, शनिबार

राप्ती प्रतिष्ठानको क्यान्सर परीक्षण शिविरमा ३ सय जनाको स्वास्थ्य जाँच

चैत १४, २०८२
दाङ
राप्ती प्रतिष्ठानको क्यान्सर परीक्षण शिविरमा ३ सय जनाको स्वास्थ्य जाँच

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकपछि अर्को गर्दै विशेषज्ञ सेवा थपेपछि सेवा लिने बिरामीको चाप बढिरहेको छ । दैनिक जसो १ हजारको हारहारीमा बिरामी प्रतिष्ठानमा उपचारका लागि आइरहेका प्रतिष्ठानले जनाएको छ ।​ 

यसैक्रममा प्रतिष्ठानले बिरामीको सेवालाई ध्यानमा राख्दै शुक्रबार गरेको वृहत् क्यान्सर परामर्श तथा परीक्षण शिविरमा करिब ३ सय बढीले स्वास्थ्य जाँच गराएका छन् ।

बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको शिविरमा मेडिसिनतर्फ २१ जना, गाइनोतर्फ १ सय ९३ जना र सर्जरीतर्फ ७२ जनाको स्वास्थ्य जाँच गरिएको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए ।

उनले क्यान्सरको सेवा शुरू गर्न प्रतिष्ठानले पहल गरेको र यस्ता शिविरले क्यान्सरका बिरामी पहिचान र उपचार गर्न सहज हुने बताए ।

null

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनसँगको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविरबाट ठूलो संख्यामा बिरामी लाभान्वित बनेको लम्सालले बताए । शिविरमा क्यान्सर अस्पताल भरतपुर चितवन र प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत विशेषज्ञ चिकित्सक तथा कर्मचारी खटाइएको थियो ।

क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सकका रूपमा मेडिकल अंकोलोजी डा. विवेक कँडेल, ब्रेस्ट सर्जरी डा. अनुप भट्टचन, युरोलोजी डा. बोधराज गौतम, गाइनो अंकोलोजी, डा. अस्मिता ओलीले शिविरमा स्वास्थ्य जाँच गरेका थिए ।

प्रतिष्ठानमा क्यान्सरसम्बन्धी भएको यो ठूलो र पहिलो शिविर हो ।

शिविरमा महिलाको पाठेघर, स्तन, योनिलगायतको क्यान्सर परीक्षण हुने भएकाले क्यान्सरका बिरामी र पाठेघरमा समस्या भएका, स्तनमा गाँठा भएका, योनि चिलाउने तथा घाउ भएका लगायतका समस्या हुने महिलाहरूले परीक्षण गराएका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्