
नेपाली कांग्रेसको असन्तुष्ट समूहले समानान्तर गतिविधि शुरू गरेपछि संस्थापन समूह छलफलमा जुटेको छ ।
असन्तुष्ट समूहले मंगलबारका लागि केन्द्रीय समिति बैठक बोलाएपछि सभापति गगन थापासहित केन्द्रीय पदाधिकारी छलफलमा जुटेका हुन् ।
सभापति थापासहितका नेताहरूबीच अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल भइरहेको छ ।
कांग्रेस निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक भोलिका लागि बोलाएका छन् ।
कांग्रेस सभापति गगन थापासहित पदाधिकारी अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलमा जुटेका छन् ।
पूर्वगृहमन्त्री एवं नेता रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले शेरबहादुर देउवा निकटका जिल्ला सभापतिहरूको भेला समेत बोलाएका छन् ।