२६ असार २०८३, शुक्रबार

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल, के-के भयो कुराकानी ?

चैत १७, २०८२
काठमाडौं
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल, के-के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेका छन् ।

उनले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताएका डोटीका सांसद भरत खड्काले जानकारी दिए ।

'प्रधानमन्त्रीले प्रदेशगत रूपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गर्नुभएको हो,' प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भने ।

प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरूले प्रधानमन्त्रीसँग कुरा राखेको बताए । 'सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ,' सांसद खड्काले भने ।​

सांसदहरूले प्रस्तुत गरेका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री शाहले जानकारी दिएका उनले बताए । साथै प्रधानमन्त्रीले समस्याहरू सचिवालयमा टिपाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसद्‌मा प्रतिनिधित्व गरेका विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्