२१ असार २०८३, आइतबार

बालेन सरकारका सय दिन पूर्ण रूपमा असफल- प्रचण्ड

असार २०, २०८३
बुटवल
बालेन सरकारका सय दिन पूर्ण रूपमा असफल- प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको सरकारका सय दिन पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् ।

नेकपा लुम्बिनी प्रदेशको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटवल पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले गठनका बेला गरेका आश्वासन र सिर्जना गरेको अपेक्षा पूरा गर्न नसकेको बताएका हुन्।

‘जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु,’ उनले भने ।

प्रचण्डले मुलुकमा वाम एकताभन्दा पनि एमाले र कांग्रेससहितको सहकार्य आवश्यक रहेको धारणा पनि राखे ।

लुम्बिनी प्रदेशको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा संयोजक प्रचण्डसँगै सहसंयोजक माधव नेपाल तथा नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतको उपस्थिति रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्