
फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
यो जितसँगै अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले अफ्रिकी पावरहाउस मोरक्कोको सामना गर्ने पक्का भएको हो।
आइतबार भएको प्रतिस्पर्धामा फ्रान्सका लागि कप्तान केलियन एम्बापेले ७० औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे। पाराग्वेको बलियो रक्षापंक्ति र फिलाडेल्फियाको चर्को गर्मीका बीच फ्रान्सले यो महत्वपूर्ण जित निकालेको हो।
अब विश्वकपको क्वार्टरफाइनलमा मोरक्को र फ्रान्सबीचको रोमाञ्चक भिडन्त हुनेछ। मोरक्को यसअघि नै क्यानडालाई हराएर अन्तिम आठमा पुगेको हो। यी दुई टोलीबीचको विजेताले सेमिफाइनलको यात्रा तय गर्नेछन्। यी दुई टोलीबीचको खेल आगामी शुक्रबार हुनेछ ।