
भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
ममताकी संरक्षक हजुरआमा रत्नकुमारी राई शारीरिक रूपमा अशक्त भएकाले सनाखतका लागि जिल्ला प्रशासन कार्यालय पुग्न नसक्ने अवस्था थियो । त्यसैले प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको टोली घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गर्दै नागरिकता प्रदान गरेको हो ।
प्रजिअ पौडेलले असक्त नागरिकलाई सहज रूपमा सेवा दिन घरमै पुगेर नागरिकता वितरण गरिएको बताए । वडाध्यक्ष जिरामणि राईले यसलाई नागरिकमैत्री र उदाहरणीय कार्य भएको बताएका छन् ।