२५ असार २०८३, बिहीबार
कार्की आयोगको प्रतिवेदन खारेजीको माग

ओली र लेखकका विषयमा तेस्रो नजिर स्थापना गर्न खोजिएको भन्दै संसद्‌मा एमालेको आपत्ति

चैत २४, २०८२
काठमाडौं
ओली र लेखकका विषयमा तेस्रो नजिर स्थापना गर्न खोजिएको भन्दै संसद्‌मा एमालेको आपत्ति

नेकपा एमालेले भदौ २३–२४ को घटना छानबिनका लागि गठन भएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन खोटपूर्ण ढंगले कार्यान्वयन गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सन्दर्भमा तेस्रो नजिर लागू गर्न खोजिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले उपाध्यक्ष गुरूप्रसाद बरालले ओली र लेखकलाई लगाउन खोजिएको मुद्दा खारेजीको माग गरेका हुन् ।

‘संविधान र विधिको शासनलाई आज देशभर उल्लंघन भइरहेको छ, यो उल्लंघन गर्ने अधिकार सरकारलाई छैन । यसअर्थमा संविधाप्रदत्त नागरिकका मौलिक अधिकार स्थापनाका लागि निर्देशन दिन अनुरोध गर्दछु’, उनले भने, ‘सुरक्षा निकायलाई अलग्गै, राष्टसेवकका सन्दर्भमा अलग्गै तर ओली र लेखको सन्दर्भमा तेस्रो नजिर स्थापना गर्न खोजिएको छ । यो खोटपूर्ण छ । यी मुद्दा खारेजजन्य छन् ।’

जेनजी आन्दोलन दबाएको आरोपमा एमाले अध्यक्ष ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए । 

एमाले सांसदहरूले सदनमा ओलीको गिरफ्तारीको विरोध गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्