२८ जेठ २०८३, बिहीबार

लुम्बिनी क्षेत्र विकासका लागि विश्व बैंकले दिने ८५ मिलियन ऋण स्वीकार गर्ने सरकारको निर्णय

चैत २४, २०८२
काठमाडौं
लुम्बिनी क्षेत्र विकासका लागि विश्व बैंकले दिने ८५ मिलियन ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले बृहतर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

यस्तै सरकारले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । 

पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय भएको मन्त्री रावलले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्