
पूर्वमन्त्री दीपक खड्काको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बुधबार कारण देखाउ आदेश जारी गरेको हो ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले खड्कालाई पक्राउ गर्नुको कारणबारे यही चैत २६ गते साँझ ५ बजेभित्र प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको लिखित जवाफबाट निवेदकलाई काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि हिरासतमा राखे अनुमति प्राप्त भएको भन्ने उल्लेख भएको देखिँदा चैत २६ गते ५ बजेभित्र प्राप्त हुने गरी प्रस्तुत निवेदकका हकमा के कसो भएको हो ? खुलाई काठमाडौं जिल्ला अदालतबाट सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३४(४) बमोजिम लिखित जवाफ माग गर्नु,’ आदेशमा उल्लेख छ ।
सर्वोच्च अदालतको चैत १८ गतेको आदेश बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फाइल प्राप्त नभएकाले अख्तियारको समेत फाइल झिकाउन पुन: आदेश गरिएको छ ।
यस्तो छ आदेश :

