२५ असार २०८३, बिहीबार
अमेरिका-इरान तनाव

इरान–अमेरिका युद्धविरामपछिको उत्साह सेलायो : शेयर बजारमा धक्का, तेलको मूल्य फेरि बढ्न थाल्यो

चैत २६, २०८२
काठमाडौं
इरान–अमेरिका युद्धविरामपछिको उत्साह सेलायो : शेयर बजारमा धक्का, तेलको मूल्य फेरि बढ्न थाल्यो

इरान र अमेरिकाबीच भएको दुई हप्ते युद्धविराम घोषणा भएपनि विश्व बजारमा देखिएको उत्साह धेरै समय टिक्न सकेन। 

सम्झौताको भविष्यलाई लिएर गम्भीर आशंकाहरु कायमै रहेपछि एशियाली शेयर बजारमा बिहीबार गिरावट देखिएको छ।

बिहीबार बिहानैदेखि एशियाका प्रमुख शेयर बजारहरूमा नकारात्मक असर देखिएको हो। हङकङको ह्याङ सेङ सूचकाङ्क र चीनको शाङ्घाई कम्पोजिट दुवैमा ०.६ प्रतिशतको गिरावट आएको छ। 

यस्तै, दक्षिण कोरियाको कोस्पी १.११ प्रतिशतले घट्दा जापानको प्रमुख सूचकाङ्क निक्केई २२५ मा पनि ०.६ प्रतिशतको गिरावट दर्ता गरिएको छ।
शेयर बजार घटे पनि कच्चा तेलको मूल्यमा भने पुनः वृद्धि हुन थालेको छ। बुधबार तेलको मूल्यमा १६.४ प्रतिशतको भारी गिरावट आएको थियो, तर बिहीबार 'वेस्ट टेक्सास इन्टरमिडिएट'कच्चा तेलको मूल्य २.६ प्रतिशतले बढेर प्रति ब्यारेल ९६.८९ डलर पुगेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय मानक मानिने 'ब्रेन्ट क्रुड' को मूल्य पनि २.१ प्रतिशतले बढेर प्रति ब्यारेल ९६.७५ डलर पुगेको छ।

बजारको यो अस्थिरताको मुख्य कारण युद्धविरामको उल्लंघन र इरानको कडा अडानलाई मानिएको एनएनएनको समाचारमा उल्लेख छछ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले लेबनानमा भइरहेको इजरायली आक्रमण युद्धविरामको उल्लंघन भएको बताउँदै हर्मुज जलमार्ग बन्द रहने संकेत दिएको छ। 

विश्वको तेल आपूर्तिमा यो जलमार्गको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ।
विश्लेषकहरूका अनुसार अमेरिका र इजरायलको इरानसँगको युद्धका कारण दैनिक झण्डै १ करोड २० लाखदेखि १ करोड ५० लाख ब्यारेल तेलको आपूर्ति ठप्प भएको छ । जुन इतिहासकै सबैभन्दा ठूलो 'सप्लाई शक' (आपूर्ति संकट) हो। एक महिनाभन्दा लामो समयदेखि जारी यो युद्धले निम्त्याएको संकट सामान्य अवस्थामा फर्कन अझै महिनौं लाग्न सक्ने विज्ञहरूको चेतावनी छ।
थप संघर्ष जारी रहेमा तेलको चरम अभाव हुने, बीमा प्रिमियम बढ्ने र ढुवानी खर्च महँगो हुने डरले बजारमा महँगी अझै बढ्न सक्ने अनुमान गरिएको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्