
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको मन्त्रिपरिषद्मा थपिएका दुई मन्त्रीले शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिए ।
शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकले गौरीकुमारीलाई उद्योग र रामजीलाई श्रममन्त्री बनाउने निर्णय गरेको थियो । सोही अनुसार प्रधानमन्त्री बालेनले उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।
बिहीबार मात्र श्रममन्त्री दीपक कुमार साहलाई प्रधानमन्त्री बालेनले रास्वपाको सिफारिसमा पदमुक्त गरेका थिए ।