१९ असार २०८३, शुक्रबार
कार्यसम्पादन समिति बैठक​

कांग्रेसले गठन गर्‍यो इलेक्सन ब्यूरो, नीति प्रतिष्ठान प्रमुखमा विश्वप्रकाश

बैशाख २, २०८३
काठमाडौं
कांग्रेसले गठन गर्‍यो इलेक्सन ब्यूरो, नीति प्रतिष्ठान प्रमुखमा विश्वप्रकाश

नेपाली कांग्रेसले इलेक्सन ब्यूरो गठन गरेको छ ।

आज बसेको कार्यसम्पादन समिति बैठकले ब्यूरो गठन गर्ने निर्णय गरेको हो ।

उपसभापति पुष्पा भुषालको नेतृत्वमा ब्यूरो गठन गरिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

‘इलेक्सन ब्यूरो भन्ने नयाँ संरचना गठन गरेका छौं । यसले निर्वाचनसँग सम्बन्धित सूचना लिने ट्रेन गर्ने तयारी गर्ने धेरै विषयहरू कामहरू गर्छ र यसका लागि कार्यविधि बनाइएको छ‚’ उनले भने ।

यस्तै पार्टीले अर्का उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा नीति प्रतिष्ठान समिति पनि गठन गरेको छ ।  ‘यो समितिले लिडरसिप ट्रेनिङ गराउने काम पनि गर्ने छ‚’ उनले भने ।

यस्तै, कांग्रेसले क्रियाशील सदस्य व्यवस्थापन समिति गठन गरेको छ ।

प्रवक्ता चालिसेका अनुसार महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा समिति बनाइएको हो । समिति सदस्यहरूमा सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र प्रकाश स्नेही रहेका उनले जानकारी दिए ।

यो समितिले पार्टीको आसन्न १५औं महाधिवेशनका लागि सदस्यता व्यवस्थापनका सबै काम गर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्