०४ साउन २०८३, सोमबार

हप्तामा २ दिन बिदा : आइतबारका शल्यक्रिया प्रभावित, आकस्मिक सेवा २४ सै घण्टा

बैशाख ४, २०८३
काठमाडौं
हप्तामा २ दिन बिदा : आइतबारका शल्यक्रिया प्रभावित, आकस्मिक सेवा २४ सै घण्टा
फाइल फोटो

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारका पूर्वनिर्धारित शल्यक्रिया (ओटी) लगायत सेवाहरू आवश्यकताअनुसार पुनः तालिका (रिसेड्युल) गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले शक्रबार विज्ञप्तिमार्फत् बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्दै अन्तरंग तथा आकस्मिक सेवाहरू भने सधैंझैँ २४सै घण्टा सञ्चालनमा रहने जनाएको छ।

मन्त्रालयले बिदाका दिनमा बिरामीले सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूलाई सम्भव भएसम्म सेवा उपलब्ध गराउन, सेवा नपाइएमा नजिकको अस्पतालमा सहज रूपमा रेफर गर्न तथा एम्बुलेन्स तयारी अवस्थामा राख्न अनुरोध गरेको छ।

साथै, बिदामा उपलब्ध सेवाबारे जानकारी वेबसाइट र सूचना पाटीमार्फत् सार्वजनिक गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

‘अस्पताल सुधार कार्यविधि, २०८२’ को पूर्ण कार्यान्वयन गर्दै आगामी दिनमा संगठन तथा व्यवस्थापन (O&M) सर्भेपछि स्वास्थ्य सेवा थप सुदृढ गरिने मन्त्रालयले जनाएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्