०३ असार २०८३, बुधबार

भाइकाजी तिवारीविरुद्ध दायर भयो दोस्रो भ्रष्टाचार मुद्दा

बैशाख ४, २०८३
काठमाडौं
भाइकाजी तिवारीविरुद्ध दायर भयो दोस्रो भ्रष्टाचार मुद्दा

काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान दोस्रो मुद्दा दायर गरेको छ ।

अख्तियारले शुक्रबार विशेष अदालतमा गलत लिखतसम्बन्धी कसुर समेत जोडेर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

'सरकारी/सार्वजनिक संस्थाको लिखत, लेटरप्याड, छापलगायत दुरुपयोग गरी बदनियत राखेर प्रयोगमा ल्याई भ्रष्टाचार गरेको,' अख्तियारले उल्लेख गरेको छ ।

प्राधिकरणका तत्कालीन शाखा अधिकृत (करार) यामकुमार कार्कीलाई समेत प्रतिवादी बनाइएको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना सजाय मागदाबी गरिएको छ ।

'भाइकाजी तिवारी र यामकुमार कार्कीको आपसी मिलेमतो तथा योजनामा प्रतिवादी यामकुमार कार्कीको यस आयोगमा अनुसन्धानमा रहेको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी कसुरको सम्बन्धमा आय वृद्धि भएको देखाई अनुसन्धान गर्ने निकाय एवं अनुसन्धान अधिकृतलाई भ्रममा पारी भ्रष्टाचारजन्य कसुरबाट उन्मुक्ति लिने प्रयोजन समेतको लागि सरकारी/सार्वजनिक संस्थाको लिखत/लेटरप्याड, छाप लगायतको दुरुपयोग गरी/गराई बदनियत राखी तयार गरे गराएको गलत लिखत प्रयोग/प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको,' अख्तियारको विज्ञप्तिमा भनिएको छ ।  

यसअघि तिवारीले १० करोड बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

पढ्नुहोस्, यो पनि :

काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध मुद्दा
 

salt training

कमेन्ट गर्नुहोस्