२३ असार २०८३, मंगलबार

शनिबार र आइतबार बिदाको निर्णयमा चिकित्सक संघको स्वागत

बैशाख ४, २०८३
काठमाडौं
शनिबार र आइतबार बिदाको निर्णयमा चिकित्सक संघको स्वागत

नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हप्तामा २ दिन बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ ।

नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले शुक्रबार विज्ञप्तिमार्फत् चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि हप्ताको २ दिन शनिबार र आइतबार बिदा दिन गरिएको निर्णयको स्वागत गरेका हुन् । 'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई समेत हप्ताको २ दिन शनिबार र आइतबार सरकारी बिदा दिन गरिएको निर्णयको नेपाल चिकित्सक संघ स्वागत गर्दछ,' जारी विज्ञप्तिमा भनिएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरू २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको अवस्थामा पर्याप्त आरामको आवश्यकता रहेको संघले जनाएको छ।

'चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आराम गर्नका लागि हप्ताको २ दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहिआएको देखिन्छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरू २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको अवस्थामा शारीरिक तथा मानसिक तनाव व्यवस्थापन गर्नका लागि अन्य पेशाकर्मीहरूलाई जस्तै पर्याप्त आरामको आवश्यकता रहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि अन्य पेशाकर्मीलाई जस्तै कार्यकौशलताको पूर्ण प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नको लागि बिदा अपरिहार्य रहेको हुनाले हप्ताको २ दिन शनिबार र आइतबार सरकारी बिदा दिने उक्त निर्णयको स्वागत गर्दै हरेक स्वास्थ्य संस्थामा बिदाको निर्णय कार्यान्वयन गराउन नेपाल चिकित्सक संघ नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछ ।' 

null

salt training

कमेन्ट गर्नुहोस्