०१ असार २०८३, सोमबार

प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर

बैशाख ७, २०८३
काठमाडौं
प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध नै मुद्दा दायर गरेको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ३ स्थित हिमाल तराई कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर राजमान तामाङविरुद्ध घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चन्द्रबहादुर अधिकारीसहित प्रतिवादी रहेको घुस/रिसवत मुद्दामा उनलाई सरकारी साक्षी बनाइएको थियो । तर आयोगमा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूल हुने गरी विशेष अदालतमा बकपत्र गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले तामाङविरुद्ध पनि ५ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजायको मागदाबी गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्