
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल वर्षाका कारण रोकिएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा ‘फ्लड लाइट’मा खेलिएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको थियो ।
नेपाली टोलीले १८.५ ओभरमा आठ विकेट गुमाएर एक सय २२ रन बनाउँदा वर्षा शुरू भएको थियो । त्यसपछि खेल रोकिएको हो ।
नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरी ३५ बलमा दुई चौकाको मद्दतले अविजित ३२ रन बनाउँदै क्रिजमा छन् । सन्दीप लामिछानेले अविजित दुई रन बनाएका छन् ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले १६, अर्जुन साउदले १३, कुशल मल्लले १७, बसिर अहमदले १४ र नन्दन यादवले १३ रन बनाए ।
यूएईका बलर मुहम्मद जुहेबले तीन र जुनैद सिद्दकीले दुई विकेट लिए ।