२९ जेठ २०८३, शुक्रबार

चक्कु प्रहार गरी युवकको हत्या, २ जना पक्राउ

बैशाख ८, २०८३
कञ्चनपुर
चक्कु प्रहार गरी युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराति चक्कु प्रहरी गरी हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्वल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो ।

स्थानीय युवाहरूबीच आपसी विवाद हुँदा चक्कु प्रहरी गरी गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा राति २ बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिएको बताए ।

उनले आरोपितहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र घटनाको विस्तृत अनुसन्धान शुरू भइसकेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्