०७ असार २०८३, आइतबार
मन्त्रिपरिषद् बैठकको निर्णय

प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रतिष्ठानलाई नै उपभोग गर्न दिइने

बैशाख १०, २०८३
काठमाडौं
प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रतिष्ठानलाई नै उपभोग गर्न दिइने

सरकारले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको एक सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै उपभोग गर्न दिने निर्णय गरेको छ । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । 

यसअघि २०७५ भदौ १ गते बसेको मन्त्रिपरिषदले प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयले प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

तर, बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई नै उक्त जग्गा उपभोग गर्न दिने निर्णय भएको सरकार प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्