२५ असार २०८३, बिहीबार

सुकुम्बासी बस्तीमा डोजर चल्दा रवि मौन बसेको भन्दै सूर्य थापाको कडा कटाक्ष

बैशाख ११, २०८३
काठमाडौं
सुकुम्बासी बस्तीमा डोजर चल्दा रवि मौन बसेको भन्दै सूर्य थापाको कडा कटाक्ष

नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा कटाक्ष गरेका छन् । काठमाडौंका सुकुम्बासी बस्तीहरूमा सरकारले डोजर चलाउने तयारी गरिरहेका बेला पूर्वप्रतिवद्धता विपरीत लामिछाने मौन बसेको भन्दै थापाले आलोचना गरेका हुन् ।

चुनावका बेला रविले मतदातालाई भ्रममा पारेको र अहिले संकटका बेला चुपचाप बसेको थापाले आरोप लगाएका छन् । उनले लेखेका छन्, 'मतदाताको बुद्धि भुट्न चुपचाप घण्टी छाप, सुकुम्बासी बस्तीमा डोजर पठाएर मुखमा सिल्डछाप, लोकको शरम त मान भैरे भाइ !'

निर्वाचनको समयमा लामिछानेले सुकुम्बासीको घरटहरामा डोजर चलाउन खोजियो भने आफू आफैँ छाती थाप्न आउने र बस्ती उठ्न नदिने बाचा गरेका थिए । तर, यतिबेला सरकारले काठमाडौंको थापाथलीलगायत विभिन्न क्षेत्रमा रहेका अनधिकृत सुकुम्बासी बस्तीहरू हटाउने तयारी तीव्र पारेको छ । सरकारको यो कदमपछि सुकुम्बासीहरू त्रसित बनेका छन् भने सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा लामिछानेको पुरानो प्रतिवद्धतालाई लिएर प्रश्न उठ्न थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्