२४ जेठ २०८३, आइतबार

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. गौतम

बैशाख ११, २०८३
काठमाडौं
लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. गौतम

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. विष्णु गौतम नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गौतमलाई मेसु नियुक्त गरेको हो । नवनियुक्त मेसु गौतमले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

 डा. गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस (जहेस) समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन् ।

सो अवसरमा बोल्दै मेसु डा. गौतमले अस्पतालमा प्राप्त जनशक्ति, उपकरण तथा प्रविधि र संरचनाको अधिकतम प्रयोग गरी स्वास्थ्य सेवा उपलब्ध गराउने बताए ।

जनअपेक्षा र उपलब्ध स्रोतबीच ठूलो खाडल रहेको बताउँदै उनले प्रदेश सरकार तथा संघीय सरकारसँग आवश्यक सहयोग र समन्वयमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले सुशासनको पक्षलाई पनि प्रतिवद्ध भएर कार्यान्वयन गरिने बताए ।

यस क्षेत्रकै सबैभन्दा ठूलो अस्पतालमा दैनिक करिब २ हजार ५०० बिरामीले सेवा लिने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्