नेपालको राष्ट्रिय खेल हो, भलिबल । यो नेपालको सबैभन्दा लोकप्रिय खेलभित्र पनि पर्छ । हिमाल, पहाड, तराई जताततै भलिबल खेलको लोकप्रियता उत्तिकै भेटिन्छ । राष्ट्रिय खेलको मान्यता पाएपछि त यसको चर्चा झनै चुलिएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि नेपाली भलिबलले अब्बल प्रदर्शन गर्दै आएको छ । महिला भलिबलले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा केही महत्त्वपूर्ण सफलता हात पारेको छ ।
यही अवधिमा नेपालले काभा महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि पनि चुकेको छ ।
अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । अर्कोतिर, राष्ट्रिय खेलको मान्यता पाएको लामो समय बितिसक्दा पनि सरकारले भलिबल खेलको विकासमा पर्याप्त लगानी गर्न नसकेको गुनासो पनि बेला–बखतमा सुन्न पाइन्छ ।
यिनै विषयमा केन्द्रित रहेर लोकान्तरले राष्ट्रिय महिला भलिबल टोलीकी प्रभावशाली स्पाकइर निरुता ठगुन्नासँग नेपाली महिला भलिबलको विगत, वर्तमान र भविष्यको बारेमा कुराकानी गरेको छ । उनी वर्तमान राष्ट्रिय टोलीकी महत्त्वपूर्ण सदस्य हुन् ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने दार्चुला जिल्लाको नौगाडबाट उदाएकी निरुताले देशको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गर्नु परेको संघर्ष निकै रोचक छ ।
भलिबल खेलमा आफ्नो छुट्टै पहिचान बनाउन उनले गरेको संघर्षको कथा जति प्रेरणदायी छ, सफलताको कथा पनि उत्तिकै गौरवशाली ।
उनको जीवनसँग जोडिएका संयोगका पाटाहरू पनि रमाइला छन् ।
उनी त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब गरी तीनवटै विभागीय टोलीबाट विभिन्न प्रतियोगिता खेल्ने खेलाडी हुन् । यस्तो संयोग निकै कम खेलाडीको जीवनसँग जोडिएको हुन्छ ।
यसैगरी, अधिकांश खेलाडीको पहिलो अन्तर्राष्ट्रिय भ्रमण प्रतियोगिता खेल्न हुन्छ ।
तर, निरुता यस्ती खेलाडी हुन् जसले पहिलो अन्तर्राष्ट्रिय भ्रमण प्रतियोगिता खेल्नुभन्दा पनि वैदेशिक प्रशिक्षणका लागि गर्ने अवसर पाइन् ।
यसैगरी, उनी देशलाई ऐतिहासिक अन्तर्राष्ट्रिय पदक चुमाउने टोलीको महत्त्वपूर्ण सदस्य पनि हुन् । कुराकानीका क्रममा हामीले निरुतासँग दार्चुलाको नौगाडदेखि देशको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दासम्मको अनुभव, खेलकुदमा लाग्न गर्नु परेको संघर्ष र पारिवारिक अवस्था तथा उनको प्रेरणाको स्रोतजस्ता विषयमा प्रश्न गरेका थियौँ ।
यसैगरी, हामीले उनीसँग तीनवटै विभागीय टोलीबाट खेल्दाको अनुभव, पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाको अनुभव, नेपाली भलिबलमा पूर्वाधारको अवस्था र प्रशिक्षण शैली, वर्तमान महिला भलिबल टोलीको सबल र कमजोर पक्ष तथा भलिबल खेलको विकासमा सरकारले निर्वाह गर्नुपर्ने भूमिकाजस्ता विषयमा पनि प्रश्न गरेका थियौं ।
निरुताको भनाइका केही हाइलाइट्स:
० एथलेटिक्स छाडेर भलिबलमा अन्तर्राष्ट्रिय उडान ।
० बालेन शाह मेयर हुँदा पनि भलिबललाई माया गर्नुहुन्थ्यो, अहिले त प्रधानमन्त्री हुनुहुन्छ ।
० सहज थिएन दार्चुलाको नौगाडदेखि राष्ट्रिय जर्सीसम्मको यात्रा ।
० खेलाडी भएपछि हरेक जिम्मेवारीका लागि तयार रहनुपर्छ ।
० विगत धेरै नकोट्याऊँ, म त्यो क्षण फेरि सम्झन चाहान्नँ ।
प्रस्तुत छ, निरुतासँग गरिएको कुराकानीको सम्पादित अंश :