
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको बताएका छन् ।
कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चालिसेले कानून बन्ने कुरा संसद्बाट पारदर्शी हुनुपर्ने बताए ।
‘सरकारले संसद्को अधिवेशन बोलाइसकेपछि विना जानकारी फेरि स्थगित भएको थाहा पायौं,’ चालिसेले भने, ‘एकातिर बोलाएको संसद् स्थगित गर्ने र अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउने कुरा मर्यादित कदम होइन ।’
यसरी अध्यादेश ल्याउने तयारी हुँदा त्यसले सरकारलाई अनुकूलता प्रदान नगर्ने उनले बताए ।
प्रवक्ता चालिसेले बोलाइएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउन खोज्नु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने बताए ।