![डलरदेखि कतारी रियालसम्म : यस्तो छ विदेशी मुद्राको विनिमयदर [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा रहेको छ। त्यस्तै, यूके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा कायम भएको छ।
स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६८ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७२ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा रहेको छ। सिंगापुर डलरको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा कायम भएको बैंकले जनाएको छ।
यसैगरी कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा रहेको छ। साउदी अरबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा तोकिएको छ। यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) दिराम एकको खरिददर ४१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा रहेको छ।
यसैगरी चीनको मुद्रा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा कायम भएको छ। मलेसियन रिंगिट एकको खरिददर ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४७ पैसा रहेको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहँदा दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा कायम भएको छ।
