२३ जेठ २०८३, शनिबार

एनआईसी एसिया बैंकद्वारा सरस्वती मावि गोदावरीमा फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प प्रदान

बैशाख १७, २०८३
काठमाडौं
एनआईसी एसिया बैंकद्वारा सरस्वती मावि गोदावरीमा फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प प्रदान

एनआईसी एसिया बैंकले गोदावरी-५, कैलालीस्थित सरस्वती माध्यमिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । 

विद्यार्थीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ पानी फिल्टरसहितको ट्यांकी र पम्प प्रदान गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले बताए । 

बैंकका सर्कल हेड–धनगढीका दीपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्रराज ओझालाई उक्त खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरे । 

फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्