१९ असार २०८३, शुक्रबार

साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट शुरू हुन्छः प्रधानमन्त्री

बैशाख १८, २०८३
काठमाडौं
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट शुरू हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट शुरू हुने बताएका छन् । 

पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत सम्पूर्णमा शुभकामना दिँदै उनले त्यो ‘ज्ञ’ ज्ञान भएको स्पष्ट पारेका छन् ।

बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सन्देशमा शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गरेका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, 'बुद्धले भन्नुभयो– दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ । बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो, उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ, हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्