२९ जेठ २०८३, शुक्रबार

कविता : विचरा ! ऊ सुकुम्वासी रहेछ

बैशाख २०, २०८३
काठमाडौं
कविता : विचरा ! ऊ सुकुम्वासी रहेछ

बासको अभावमा आत्मदाह गर्न विवश भएछ
एकथरि विद्वान् सुकुम्वासी भन्दै  मिडियामा हाँसिरहेछन्
कोही पीडासँगै बागमतीमा जलिरहेछन्
मानवता के हो ? खोजी गर
शान्ति देऊ, अब न सताऊ 
बुढा बा-आमा र अबोध बालबालिकालाई मानव भएर
हे मुर्ख हो ! दुःख नदेऊ दानव बनेर,
पशुभन्दा नराम्रो छ, 'मानव हुँ' भन्छ फगत
सोझामाथि आफैँले गर्दैछौँ रजाइँ
कस्तो खालको हो यो सुकुम्वासीमाथि सजाय ?
ए मालिक ! हो
तड्पाएर नछोड उसलाई पीडा हुन्छ 
बरु गोली हानी मारेकै ठिक हुन्छ 
सत्ता, पैसा, शक्ति सबै बलियाकै हातमा,
कस्तो अचम्म- राक्षसजस्ता मान्छे पनि उनकै साथमा
बिचरा ! ऊ सुकुम्बासी रहेछ...

salt training

कमेन्ट गर्नुहोस्