२५ जेठ २०८३, सोमबार
एकै झट्कामा सयौं पद रिक्त

बालेन सरकारले ल्याएको अध्यादेशपछिको चासो: क-कसको पद जाँदैछ ?

बैशाख २०, २०८३
काठमाडौं
बालेन सरकारले ल्याएको अध्यादेशपछिको चासो: क-कसको पद जाँदैछ ?

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै १५ सय बढी पदाधिकारीहरू एकसाथ पदमुक्त हुने भएका छन् ।

बालेन्द्र शाह नेतृत्वको सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले शनिबार अध्यादेश जारी गरेका हुन् । नेपाल राजपत्रमा उक्त अध्यादेश प्रकाशित हुनेबित्तिकै १५ सयभन्दा बढी पदाधिकारीहरू एकसाथ पदमुक्त हुनेछन् ।

विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १५ सय बढी पदाधिकारीहरू एकमुष्ट पदमुक्त हुने भएका हुन् ।

सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले उक्त अध्यादेश ल्याएको हो ।

null

पदमुक्त हुँदैछन् यी पदाधिकारी

त्रिभुवन विश्वविद्यालयमा ८४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकलुपति प्रा. डा. दीपक अर्याल, रेक्टर, प्रा. डा. खड्ग केसी, रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल पदमुक्त हुनेछन् । उनीहरूले शुक्रबार नै राजीनामा समेत दिइसकेका छन् ।

त्यसैगरी, विभिन्न विषयका डीनहरू प्रा. डा. मोहनराज शर्मा, प्रा डा. सुशीलबहादुर बज्राचार्य, डा. किशोरचन्द्र दाहाल, डा. ठाकुर सिलवाल, प्रा. डा. शंकरप्रसाद खनाल, प्रा. डा. महानन्द चालिसे, प्रा. डा. दुबीनन्द ढकाल, प्रा. डा. वेदराज आचार्य र प्रा. डा. डी.एन. पराजुली पनि पदमुक्त हुनेछन् ।

त्यसैगरी, विभिन्न समितिका कार्यकारी निर्देशकहरू प्रा.डा. रामकृष्ण तिवारी, प्रा. डा. यमबहादुर गुरुङ, प्रा.डा. विष्णुप्रसाद पाण्डे, डा. दीपेन्द्र पराजुली, डा. पूर्णबहादुर कंडेल, डा. अच्युत अधिकारी, प्रा. डा. ईश्वर कोइराला, डा. लक्ष्मीकान्त शर्मा पनि पदमुक्त हुनेछन् ।

त्यसैगरी, त्रिवि सेवा आयोगका अध्यक्ष तथा सदस्यहरू साथै विभिन्न पदाधिकारी समेत गरेर ८४ जना पदमुक्त हुनेछन् । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल, रेक्टर प्राध्यापक भोजराज जोशी, रजिस्ट्रार प्राध्यापक माधव अधिकारी, सेवा आयोगका अध्यक्ष प्रा. डा. भागवतप्रसाद शर्मा, सेवा आयोगका सदस्य प्राध्यापक रमेश घिमिरे पनि पदमुक्त हुने भएका छन् ।

अन्य विश्वविद्यालयमा डीनहरू ऐनबमोजिम राजनीतिक नियुक्ति हुने भए पनि संस्कृत विश्वविद्यालयमा नियमावली आधारमा डीन नियुक्त हुने हुँदा डीनहरू पदमुक्त हुने छैनन् ।

त्यसैगरी, संस्कृत विश्वविद्यालयका प्राज्ञिक परिषद, कार्यकारी परिषद र विश्वविद्यालय सभाका पदाधिकारी समेत गरेर संस्कृत विश्वविद्यालयका २८ जना पदाधिकारीहेरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्ले, रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठ पनि पदमुक्त हुनेछन् ।

त्यसैगरी काठमाडौं विश्वविद्यालयका ७ जना डीनहरू पनि पदमुक्त हुनेछन् ।

मेडिकल फ्याकल्टीका डीन प्रा. डा. मनोज हुमागाईं, शिक्षा विषयका डीन प्रा. डा. बालचन्द्र लुइँटेल, आर्ट फ्याकल्टीका डीन प्रा. डा. उद्धव प्याकुरेल, इन्जिनियरिङ्ग फ्याकल्टीका डीन महेश पोखरेल, ल फ्याकल्टीका डीन प्रा. डा शिवकुमार रेग्मी, म्यानेजमेन्ट फ्याकल्टीका डीन प्रा. डा. विजय केसी र साइन्स फ्याकल्टीका डीन प्रा. डा. वेदमनि दाहाल पनि पदमुक्त हुनेछन् ।

सानो विश्वविद्यालय भएको हुनाले अन्य विश्वविद्यालय जस्तो त्यहाँ सेवा आयोगका अध्यक्ष तथा सस्दय छैनन् । त्यसैगरी, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी, सदस्यहरू रेशु अर्याल ढुंगाना, प्रा. डा. दीपक अर्याल, प्रा. डा. हेमराज पन्त, चुडामणि पौडेल, भुपाल बराल, प्रा. डा. वीणा पौड्याल, प्रा. डा. शिवकुमार राई, प्रा.  डा. योगेन्द्रबहादुर गुरुङ, प्राध्यापक केशव सुवेदीसहित ८ जना पदमुक्त हुनेछन् ।

त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया, रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र पनि पदमुक्त हुने भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष प्रा.डा. देवेन्द्र अधिकारी, सदस्यहरू माधव बेलबासे र प्राध्यापक समी लामा पनि पदमुक्त हुने छन् ।

त्यसैगरी, डीनहरू डा. शैलेशमणि पोखरेल, प्रा. डा. पवनकुमार झा, प्रा. डा. भोलानाथ शर्मा घिमिरे, डा. कोमलप्रसाद दुलाल, डा. संदेशदास श्रेष्ठ पनि पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न विषय समिति, अनुसन्धान केन्द्रसहित विभिन्न निकायका कुल ६९ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. वेदराज केसी, सेवा आयोगका अध्यक्ष प्रा. तीर्थराज अर्याल, सदस्यहरू दिनेश सिलवाल, प्रा. डा. उमानाथ बराल, विभिन्न विषयका डीनसहित अन्य पदाधिकारी समेत गरेर ५० जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्य, विभिन्न विषयका डीनहरूसहित अन्य विभिन्न पदाधिकारी समेत कुल ४४ जना पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्त, रजिष्ट्रार प्रा.डा. विनोद लेखक, सेवा आयोगका अध्यक्ष प्रा. यज्ञराज भट्ट, सेवा आयोगका सदस्य डा. तारादत्त भट्ट पदमुक्त हुने भएका छन् ।

सोही विश्वविद्यालयका डीनहरू प्रा. डा. पदमराज जोशी, प्रा.  डा. कृष्णदत्त भट्ट, डा. भगवान चलाउने, प्रा.डा. हेमनाथ जोशी, डा. विष्णुविलास अधिकारी, प्रा. डा. राजेन्द्रप्रसाद भट्ट, डा. प्रेमसिंह साउद पनि पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, त्यस सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न निर्देशकसहित कुल २६ जना पदाधिकारी पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलिया, रजिष्ट्रार प्रा. डा. पुष्करबहादुर पालसहित विभिन्न २२ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, नेपाल खुला विश्वविद्यालयका २४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् । त्यस विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रारसहितका पद रिक्त छन्। निमित्त रजिष्ट्रार डा. सुरेन्द्र श्रेष्ठ, डीनहरू प्रा. डा. खगेन्द्र प्रसाईं, सह-प्राध्यापक डा. सुरेन्द्र श्रेष्ठ, निमित्त डीन डा. ज्ञानबहादुर तामाङसहित अन्य पदाधिकारीहरू पदमुक्त हुनेछन् ।

त्यसैगरी, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादव, रजिष्ट्रार सत्यनारायण साह, सेवा आयोगका अध्यक्ष प्रा. डा. केशवप्रसाद अधिकारी, सदस्य अनिलकुमार साह पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, डीनहरू डा. सुदीपकुमार यादव, डा. अजयकुमार झा, डा. विनोद साह, प्रा. डा. नरेन्द्र कटुवाल, विषय समितिका अध्यक्ष डा. सरोजकुमार ठाकुरसहित ३९ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, मदन भण्डारी प्राविधिक विश्वविद्यालयका अध्यक्ष प्रा. डा. राजेन्द्रध्वज जोशी, डा. दिनेशराज भुजु, पदमसुन्दर जोशी, डा. कीर्तिकुसुम जोशी, डा. सञ्जयनाथ खनालसहित २४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष प्रा. डा. श्याममणि अधिकारी, निमित्त रजिष्ट्रार दिपक भण्डारी, सदस्यहरू डा. जनकराज अधिकारी, डा. ऐश्वर्य श्रेष्ठ, डा. प्रवेश श्रीवास्तवसहित ६ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष प्रा. डा. नारायणविक्रम थापा, कार्यकारी प्रमुख डा. प्रमोद जोशी, उपाध्यक्ष प्रा. डा. अजित रायमाझी, सदस्यहरू डा. निशा आचार्य, डा. ऋषि बिष्ट, डा. लिली राजवंशी, डा. हरि ढकाल सहित ९ जना पदाधिकारी पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का अध्यक्ष डम्मरबहादुर बम, उपाध्यक्ष रामप्रसाद मेहता, रजिष्ट्रार जनकबहादुर रावल, सदस्यहरू गोमा धिताल श्रेष्ठ, दीपेन्द्र पौड्यालसहित ५ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ, रेक्टर प्रा. डा. सञ्जीवकुमार शर्मा, रजिष्ट्रार प्रा. डा. सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक डा. जगत नारायणप्रसाद, डीन प्रा. डा. अनुप घिमिरे, प्रा.  डा. अञ्जु प्रधानसहित १५ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, नेपाल नर्सिङ परिषदकी अध्यक्ष प्राध्यापक मुनाकुमारी थापा, रजिष्ट्रार शुक्ला खनालसहित आठजना पदमुक्त हुनेछन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुबोधकुमार शर्मा, रजिष्ट्रार रविकान्त मिश्रसहित ५ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. शिवजी पौडेलसहित १० जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंका कार्यकारी निर्देशक प्रा. डा. रवि मल्ल, सदस्यहरू दीपकराज सापकोटा, डा. राजेन्द्रप्रसाद बराल, डा. नविन चन्द्र गौतम, डा. प्रकाश राज रेग्मी, प्रा. डा. रामेशराज कोइराला पनि पदमुक्त हुनेछन् ।

त्यसैगरी, नेपाल फार्मेसी परिषदका अध्यक्ष प्रज्वलजंग पाण्डे, रजिष्ट्रार सञ्जीवकुमार पाण्डेसहित नियुक्त सातजना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाडौंमा नियुक्त २२ जना पदाधिकारी पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरका उपकुलपति प्रा. डा. बुद्धिप्रसाद पौडेल, रेक्टर प्रा. डा. सिर्जना श्रेष्ठ, रजिष्ट्रार प्रा. डा. पारसकुमार आचार्य, डीन प्रा. डा. नवीसमान सिंह, निर्देशक प्रा. डा. रवि शाक्यसहित ३३ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३४ जना पदाधिकारी पदमुक्त हुनेभएका छन् ।

त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति प्रा. डा. भारतबहादुर खत्री, डीन सह-प्राध्यापक डेबिड श्रेष्ठ, निर्देशक सह-प्राध्यापक डा. प्रेमराज पंगेनीसहित ३१ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्साल, डीन प्रा. डा. रमेश कंडेल, निर्देशक प्रा. डा. जनार्दन पन्थीसहित ३१ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीसहित ७ जना पदाधिकारी पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. चोपलाल भुसाल, रजिष्ट्रार डा. सतिशकुमार देवसहित आठजना पदाधिकारी पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका अध्यक्ष डा. अर्जुनकुमार कार्की, उपकुलपति डा. रमेशकुमार ढुंगेल, रजिष्ट्रार डा. डम्बर चेम्जोङसहित ४२ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा कैलालीका उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी, रजिष्ट्रार डा. खेमराज जोशी सहित २९ जना पदाधिकारीहरू पदमुक्त हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहित ६ जना पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल, काठमाडौं जिल्ला आयुक्त सुनिता श्रेष्ठ, ललितपुर जिल्ला आयुक्त धर्मेन्द्र पन्थी, भक्तपुर आयुक्त सफल श्रेष्ठ पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. ढुण्डीराज भट्टराई, महाप्रबन्धक अर्जुनबाबु ढकालसहित ६ जना पदाधिकारी पदमुक्त हुनेछन् ।

त्यसैगरी, सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसी सहित ४ जना, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, सदस्यहरू गौतम डंगोल, डा. मधुसुदन अधिकारी, डा. झमकप्रसाद शर्मा र भागिरथी भट्टराई ज्ञवाली पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, कर्मचारी सञ्चय कोषका प्रशासक जितेद्रधिताल सहित ८ जना पदमुक्त हुने भएका छन् । नागरिक लगानी कोषमा ३ जना, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा ५ जना पदाधिकारी पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, सार्वजनिक खरिद पुनरवलोकन समितिका ३ जना पदाधिकारी, निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेसहित ३ जना पदमुक्त हुने भएका छन् ।

नेपाल वायुसेवा निगमका अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारी र तथा दुईजना सञ्चालक सुरथ पोखरेल र लोकबहादुर चौधरी गरी तीन जनाको पद रिक्त हुने भएको छ ।

त्यसैगरी, राष्ट्रिय समाचार समितिका दुईजना सञ्चालक, चलचित्र जाँच समितिका अध्यक्ष र सदस्य गरी तीनजना पनि पदमुक्त हुने भएका छन् ।

प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार आचार्य तथा सदस्यहरूसहित १० जना, न्युनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष तथा सदस्यहरूसहित ६ जना पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी र सदस्यहरू रवीन्द्र झा, गोकर्णप्रसाद सिटौला, कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारीसहित ५ जना पदमुक्त हुने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सदस्यहरू भीमप्रसाद पन्त, रवीन्द्र सिलवाल पदमुक्त हुने भएका छन् ।

सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सूचना आयुक्तहरू गगन विष्ट तथा दुर्गा भण्डारी पौडेल पनि पद मुक्त हुने भएका छन् ।

त्यसैगरी, विज्ञापन बोर्ड अध्यक्ष लक्ष्मण हुमागाईं र सदस्यहरू पनि पदमुक्त हुने भएका छन् ।

त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानासहित तीनजना, सार्वजनिक सेवा प्रसारणका अध्यक्ष डा. महेन्द्र विष्टसहित सदस्यहरू गौरव गिरी, अनिता गुरुङ, फूलमान वल तामाङ, डा. भूमिराज चापागाईं पनि पदमुक्त हुने भएका छन् ।

यसरी अन्य विभिन्न निकाय समेत गरी झन्डै १५ सय बढी राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरू पदमुक्त हुने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्