०१ असार २०८३, सोमबार

प्रधानन्यायाधीश सिफारिशको निर्णयविरुद्ध परेका ३ वटा रिट दरपीठ

बैशाख २५, २०८३
काठमाडौं
प्रधानन्यायाधीश सिफारिशको निर्णयविरुद्ध परेका ३ वटा रिट दरपीठ

प्रधानन्यायाधीश नियुक्तिको सिफारिशविरुद्ध सर्वोच्च अदालतमा पेश भएका ३ वटा रिट दरपीठ भएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र अधिवक्ता डा. प्रेमराज सिलवालले पेश गरेका रिट शुक्रबार दरपीठ भएका ​सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । 

शुक्रबार पेश भएका ६ वटा रिट मध्ये बाँकीको अध्ययन भइरहेको उनले जानकारी दिए ।

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिश गरिएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीसहितले शुक्रबार रिट निवेदन पेश गरेका थिए ।

यसअघि प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको बैठकले चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

शीर्ष वरीयताकै न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्पराविपरीत सिफारिश गरिएको भन्दै रिट परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्