२८ जेठ २०८३, बिहीबार

राष्ट्रियसभामा दलका नेताहरूले सम्बोधन गर्ने

बैशाख २८, २०८३
काठमाडौं
राष्ट्रियसभामा दलका नेताहरूले सम्बोधन गर्ने
फाइल फोटो

राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।​

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश पेश गर्ने निर्णय गरेको हो ।

बैठकले आजदेखि प्रारम्भ हुने राष्ट्रियसभाको २१औँ अधिवेशनको कार्यसूची तयार गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्