२५ जेठ २०८३, सोमबार

देशमै बसेर विदेशको काम गर्न ‘रिमोट वर्क’ सम्बन्धी कानून ल्याइने

बैशाख २८, २०८३
काठमाडौं
देशमै बसेर विदेशको काम गर्न ‘रिमोट वर्क’ सम्बन्धी कानून ल्याइने

सरकारले नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने गरी रिमोट वर्कसम्बन्धी कानूनी व्यवस्था गर्ने भएको छ । 

आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा यो विषय समावेश गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्दै रिमोट वर्कसम्बन्धी कानूनी व्यवस्था गरिने घोषणा गरे ।

यस कदमले युवाहरूलाई वैदेशिक रोजगारीका लागि देश छाड्नुपर्ने बाध्यता कम गर्दै स्वदेशमै बसेर विदेशी आम्दानी गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अहिले पनि आईटी क्षेत्रमा थुप्रै युवाले नेपालमा बसेर विदेशको काम गर्दै आएका छन् । तर, यससम्बन्धी स्पष्ट कानूनी व्यवस्था छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्