३० जेठ २०८३, शनिबार

नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए- प्रचण्ड

बैशाख २९, २०८३
काठमाडौं
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए- प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको बताए छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले नीति तथा कार्यक्रमले सत्तारूढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न नसकेको टिप्पणी गरेका हुन् । 

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हतार र परिपाटीप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘जुन हतारोमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ र जुन परिपाटी अवलम्बन गरेका छौं त्यसबाट नीति तथा कार्यक्रममाथिको छलफल सधैँ एउटा कर्मकाण्ड मात्रै बन्न पुगेको छ ।’

सम्बोधनका क्रममा संयोजक प्रचण्डले मधेशी जनताको सपनाहरूको जगमा यो सरकार बने पनि सिँगो नीति तथा कार्यक्रममा मधेशप्रति मौन रहेको बताए ।

‘सत्तारूढ दलका सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यका तर्फबाट क्षमा माग्नुभयो । तर त्यो क्षमा सरकारको नीति तथा कार्यक्रममा कहीँ कतै प्रकट हुन सकेन’, प्रचण्डले भने, ‘सरकार दलित समुदायका सवालमा विगतका यथास्थितिवादी सरकारभन्दा पनि प्रतिगामी बन्न पुगेको छ ।’

उनले दलित विकास प्राधिकरणको आवश्यकता, रैथाने सीपको प्रवर्द्धन र विशेषाधिकार नीतिलाई नीति तथा कार्यक्रमले सम्बोधन नगरेको टिप्पणी गरे । 

salt training

कमेन्ट गर्नुहोस्