२५ जेठ २०८३, सोमबार

नुवाकोटमा गोली हानी दाजुभाइको हत्या !

बैशाख ३०, २०८३
काठमाडौं
नुवाकोटमा गोली हानी दाजुभाइको हत्या !

नुवाकोटमा दुई जना दाजुभाइको गोली हानी हत्या भएको छ । 

म्यागङ गाउँपालिका-४ म्यागङबेशीस्थित छहरामा बुधबार अपराह्न स्थानीय सोमराज तामाङ र उनका भाइ सुर्यमान तामाङ मृत अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार प्रहरीलाई ढिलो मात्रै खबर आएको थियो । 

‘हामीलाई प्राप्त जानकारी अनुसार दुई दाजुभाइ ठेक्कापट्टाको काम गर्ने रहेछन्, त्यही रिसईबीमा कसैले हत्या गरेको आशंका छ’, डीएसपी लामाले लोकान्तरसँग भने, ‘बुधबार बिहान तामाङ दाजुभाइ बेपत्ता भएको भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो । खोलाको छाँगोभित्र शव फेला परेको हो ।’ 

उनका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको र हत्यामा संलग्नहरूको खोजी कार्य जारी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्