२५ जेठ २०८३, सोमबार
सुनामीको चेतावनी

फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जेठ २५, २०८३
काठमाडौं
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

फिलिपिन्सको मिन्डानाओ टापु नजिकै ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान ७:४० बजे उक्त शक्तिशाली भूकम्प गएको हो। 

 भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका एसियाली देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।

अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दाहरूलाई तुरुन्तै समुद्री किनारा र बन्दरगाहबाट टाढा सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। 

सुनामीको जोखिमका कारण मानिसहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको अलजजिराले समाचारमा उल्लेख गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्