![डोजर आतंक बन्द गर भन्दै माइतीघरमा सुकुम्बासीको प्रदर्शन, चर्को नाराबाजी [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Sukumbasi_8iWAe7blaZ.jpg)
आफूहरूलाई विकल्पविना हटाइएको भन्दै सुकुम्बासीहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।
अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले देशभर डोजर आतंक मच्चाइएको र संस्थागत हत्या गरिएको बिहीबार काठमाडौंको माइतीघर मण्डलमा खबरदारी कार्यक्रम गरेका छन् ।
उनीहरूले सरकारकाविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
विरोधमा प्रदर्शनमा सहभागीहरूले ‘देशभरका ७० लाख सुकुम्बासी एक हौं, विकासमा नाममा उठीबास बन्द गर, हाम्रो भोट फिर्ता गर भोटको राजनीति बन्द गर, सरकारको १०० कार्यसूची तत्काल कार्यान्वयन गर, रास्वपाको वाचापत्र कहाँ छ डोजर पीडित यहाँ छ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।












