
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा शनिबार जारी अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
कुशलले ४५ बलको सामना गरी दुई छक्का र सात चौकाको मद्दतले ५२ रन बनाएका हुन् । २९ वर्षीय कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १० औं अर्धशतक हो ।
कुशल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८५ रनको साझेदारी गरिसकेका छन् । नेपालले १४ ओभरमा कुनै पनि विकेट नगुमाइ ८५ रन बनाएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।