२४ जेठ २०८३, आइतबार
भिनाले गरे सालाको हत्या

काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

जेठ ३, २०८३
काठमाडौं
काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

गएराति काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । 

चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा  २५ वर्षीय जाकिर मन्सुरीको हत्या भएको हो । 

उनलाई महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले चक्कु प्रहार गरेका थिए । नाताले उनीहरू सालाभिना रहेको पाइएको  छ। जाकिर पनि महोत्तरीकै हुन् । 

चक्कु प्रहारबाट घाइते जाकिरलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएको थियो । त्यसक्रममा राति साढे ९ बजेति चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी पवन भट्टराईले लोकान्तरलाई जानकारी दिए ।

जाकिरको शवलाई जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र घटनाको अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अहमदले घरायसी विवादमा साला नाना पर्ने जाकिरलाई धारिलो हतियार (तरकारी काट्ने चक्कु) प्रहार गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्