०३ असार २०८३, बुधबार

एक्स्ट्रिम इनर्जी ड्रिंक्सको 'स्क्यानमा सुन' अभियान : विश्वकप फूटबलको उत्साहसँगै सुनको बल जित्ने अवसर

जेठ ४, २०८३
काठमाडौं
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको 'स्क्यानमा सुन' अभियान : विश्वकप फूटबलको उत्साहसँगै सुनको बल जित्ने अवसर

नेपाली युवामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फूटबल प्रतियोगिता २०२६ को माहोललाई थप रोमाञ्चक बनाउन 'स्क्यानमा सुन' नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।​

फूटबलप्रेमी तथा ग्राहक लक्षित यस अभियानअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहकहरू गोलाप्रथामा सहभागी हुन सक्नेछन् ।

यस अभियानमार्फत् सहभागीहरूमध्ये ३ जना भाग्यशाली विजेतालाई सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, यो योजना जेष्ठ १ गतेदेखि विश्वकप फूटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन हुने छ ।

null

विश्वकप फूटबल २०२६ को विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित र सहभागी बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको जनाएको छ ।

कम्पनीका अनुसार 'स्क्यानमा सुन' अभियानले फूटबलप्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने विश्वास लिइएको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगतदेखि नै युवा लक्षित विभिन्न नवीनतम् अभियान सञ्चालन गर्दै आएको छ भने यस अभियानले पनि बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

अभियानसम्बन्धी थप जानकारीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आधिकारिक सामाजिक सञ्जाल भिजिट गर्न कम्पनीले आग्रह गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्