![हर्क साम्पाङको पार्टीले संसद्भित्र पर्चा देखाएपछि...[फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Harka_sampang_Birodh_7_1Cfa8bFuNe.jpg)
श्रम संस्कृति पार्टीले पर्चा देखाउँदै प्रतिनिधिसभाको बैठकमा विरोध प्रदर्शन गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सो पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायतका सांसदले वेलमा गएर पर्चा देखाएका थिए ।
आकस्मिक रूपमा संसद्भित्र विरोध भएपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिए ।
‘श्रम संस्कृति पार्टीका माननीयहरूले पर्चा लिएर प्रदर्शन गर्नुभयो, संसद्भित्र यस्तो विरोध गर्न मिल्दैन । मर्यादामा बसेर विरोध गर्न निर्देशन गर्छु’, सभामुखले भने, ‘पर्चा देखाएर सदनमा बस्न हाम्रो कानून, नियमावलीमा दिइएको देखिँदैन ।’
केही मिनेटको विरोधपछि हर्क लगायत सांसद आफ्नो सीटमा गएर बसेका थिए । फागुन २१ को चुनावपछि बनेको प्रतिनिधिसभामा वेल घेरिएको यो पहिलो घटना हो ।





















