२६ असार २०८३, शुक्रबार

स्कटल्यान्डविरुद्ध कप्तान रोहित पौडेलले बनाए अर्धशतक

जेठ ४, २०८३
काठमाडौं
स्कटल्यान्डविरुद्ध कप्तान रोहित पौडेलले बनाए अर्धशतक

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको सोमबार स्कटल्यान्डविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रोहितले ७६ बलमा एक छक्का र दुई चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

चौथो नम्बरमा क्रिज समाल्न आएका २३ वर्षीय ब्याट्सम्यान रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १२औँ अर्धशतक हो ।

स्कटल्यान्डविरुद्धको जारी खेलमा नेपालले ३०.३ ओभरमा तीन विकेट गुमाएर एक सय ६७ रन बनाएको छ ।

इशान पाण्डे ५५ रन बनाउँदै आउट भए । स्कटल्यान्डले दिएको एक सय ९५ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्