२४ जेठ २०८३, आइतबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

जेठ ४, २०८३
पर्सा
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका ११ बस्ने ४५ वर्षीय प्रमोदकुमार ठाकुरलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्सा जिल्ला अदालतको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय र ९ लाख २६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्