२३ जेठ २०८३, शनिबार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

जेठ ६, २०८३
झापा
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

झापामा ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका- ५ कन्चनश्री बस्ने उनका श्रीमान् ४४ वर्षीय गोकर्ण भण्डारी छन् । उनलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोकर्णले धारिलो हतियार प्रहार गरी उर्मिलाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कन्चनश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्