२७ असार २०८३, शनिबार

श्रम संस्कृति पार्टीका सांसदलाई मर्यादित भएर प्रस्तुत हुन सभामुख अर्यालको निर्देशन

जेठ ६, २०८३
काठमाडौं
श्रम संस्कृति पार्टीका सांसदलाई मर्यादित भएर प्रस्तुत हुन सभामुख अर्यालको निर्देशन
फाइल फोटो

प्रतिनिधिसभाको आजको बैठक शुरू भएको छ ।

बैठकमा अहिले शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन शुरू गरेका छन् ।

बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्ने बताएका थिए ।

तत्पश्चात् सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन आग्रह गर्दै प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै यस्ता अभद्र व्यवहार नगर्न चेतावनी दिए ।

सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्