
एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहनदार विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको ४२ औं स्थापना दिवसको अवसरमा प्रदान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।
सहयोग सामग्री गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा एनएमबि बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख राजीव रञ्जितलगायतले संयुक्त रूपमा वितरण गरेका हुन् ।
कार्यक्रममा एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख राजीव रञ्जितले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासमा बैंकको सहकार्य निरन्तर रहने बताए ।
एनएमबि बैंकले हाल देशभरी १९८ शाखा, १७६ एटीएम बुथ र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।