
भारतको बेंगलुरुबाट दिल्ली उडान गरिरहेको एयर इन्डियाको उडान इन्जिनमा आगलागी भएपछि दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । विमानमा १६० यात्रु थिए । घटना बिहीबार साँझ भएको हो ।
एयर इन्डियाले घटनाबारे एक विज्ञप्ति जारी गर्दै भन्यो, 'दिल्लीमा अन्तिम अवतरणको क्रममा ककपिट चालक दलले इन्जिनमा आगलागी भएको संकेत पाए। यी संकेतहरू पछि पुष्टि भए।'
चालक दलले विमानलाई दिल्ली विमानस्थलमा सुरक्षित अवतरण गराएको विज्ञप्तिमा उल्लेख छ । सबै यात्रु र चालक दल सुरक्षित छन् र सामान्य रूपमा विमानबाट बाहिर निस्किएका छन्।
एयर इन्डियाले घटनाको अनुसन्धान तुरुन्तै शुरू गरिने बताएको छ।