२३ जेठ २०८३, शनिबार

काभा महिला च्याम्पियनसिप : पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतसँग नेपाल पराजित​​

जेठ ८, २०८३
काठमाडौं
काभा महिला च्याम्पियनसिप : पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतसँग नेपाल पराजित​​

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपको पहिलो खेलमा शुक्रबार नेपाली टोली बलियो प्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ ।​

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा पहिलो सेटमा नेपालसँग पछि पारेको भारतले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।

नेपाली टोलीले पहिलो सेटमा २५–२० ले भारतलाई पछि पारेको थियो । दोस्रो सेटको नतिजालाई भने भारतले २५–२० ले आफ्नो पक्षमा पार्‍यो ।

आफ्नो लयलाई कायम राख्दै भारतीय टोलीले तेस्रो सेटको नतिजालाई पनि २५–१९ अंकले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटको नतिजामा भने नेपालले २५–२१ को जित निकाल्यो ।

दुई/दुई सेटको बराबरीपछिको पाँचौँ सेटमा भारतले १५-९ मा नेपालले सतब्ध पार्‍यो ।

शुक्रबारदेखि शुरू भएको प्रतियोगितामा नेपाल, भारत, कीर्गिस्तान, माल्दिभ्स, इरान, बंगलादेश, श्रीलंका र कजाकस्तान सहभागी छन् ।

प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत, कीर्गिस्तान र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा भने इरान, काजाकस्तान, श्रीलंका र बंगलादेश छन् ।

salt training

कमेन्ट गर्नुहोस्