१५ असार २०८३, सोमबार

जापानको पारिवारिक कानुनमा परिवर्तन: सम्बन्ध विच्छेदपछि आमा-बुबा दुवैले सन्तानको जिम्मेवारी पाउने

जेठ १०, २०८३
काठमाडौं
जापानको पारिवारिक कानुनमा परिवर्तन: सम्बन्ध विच्छेदपछि आमा-बुबा दुवैले सन्तानको जिम्मेवारी पाउने

 जापानले आफ्नो दशकौँ पुरानो पारिवारिक कानुनमा हेरफेर गर्दै सम्बन्ध विच्छेदपछि सन्तानमाथि आमा र बुबा दुवैको कानुनी अधिकार रहने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। 

सन् २०२६ अप्रिल १ देखि लागू भएको सिभिल कोडको यस नयाँ संशोधनले जापानमा 'परिवार'को परम्परागत परिभाषालाई नै बदलिदिएको छ।

यसअघि जापानमा सम्बन्ध विच्छेदपछि केवल एकजना अभिभावक (धेरैजसो आमा) सँग मात्र सन्तानको कानुनी अधिकार रहने व्यवस्था थियो। यसका कारण हजारौँ अभिभावकहरू आफ्नै सन्तानबाट पूर्ण रूपमा टाढिनुपर्ने बाध्यता थियो। जी-७ राष्ट्रहरूमध्ये जापान मात्र यस्तो देश थियो जहाँ 'संयुक्त संरक्षण' को कानुनी अवधारणा थिएन।

नयाँ कानुनले आफ्ना सन्तानबाट बिछोडिएका धेरै अभिभावकहरूमा आशा जगाएको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्