१७ असार २०८३, बुधबार

अमेरिकासँग धेरै विषयमा सहमति नजिक पुगेको इरानको दाबी

जेठ ११, २०८३
काठमाडौं
अमेरिकासँग धेरै विषयमा सहमति नजिक पुगेको इरानको दाबी

इरानले अमेरिकासँग हुन सक्ने सम्भावित समझदारीपत्रका धेरै विषयमा निष्कर्षमा पुगेको जनाएको छ । तर, त्यसको अर्थ तेहरान तत्काल कुनै सम्झौतामा हस्ताक्षर गर्न नजिक पुगेको भन्ने नरहेको स्पष्ट पारेको छ ।

सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सम्भावित समझदारीपत्रका विभिन्न विषयमा छलफल भएर धेरै मुद्दामा निष्कर्ष निकालिएको बताएका हुन् ।

तर उनले इरान तत्काल सम्झौता गर्ने चरणमा नपुगेको संकेत दिएका छन् ।

बाघाईका अनुसार अहिले इरानको मुख्य प्राथमिकता युद्ध अन्त्य गर्ने विषयमा केन्द्रित छ । उनले हाल तेहरानले परमाणु मुद्दाबारे छलफल नगरेको पनि दोहोर्‍याए ।

उनले अमेरिकी अधिकारीहरूको बदलिँदो धारणा र अभिव्यक्तिले कुनै पनि सम्भावित सहमतिमा समस्या सिर्जना गरिरहेको आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्